काठमाडौँ, ३ फागुन – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन हुनुभएको छ ।

अध्यक्ष ओली आज पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष ओलीलाई पार्टी नेता माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएपछि उहाँ सर्वसम्मत रुपमा नेता चयन हुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अध्यक्ष ओलीले आजै अपराह्न प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया