काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेल अहिले नामिबियामा जारी छ । टस जितेर ब्याटिङ गरेको युएईले निकै नै आक्रामक बलिगं गर्दै ३ विकेटको क्षतिमा २४४ रनको योगफल तयार पारिरहेको छ । जुन यो टुर्नामेन्टमा नेपालले पाएको सर्वाधिक ठूलो स्कोर हो ।

यसअघि बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ ।

युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो । नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन, मार्च ४ तारिखबाट जिम्वावेमा हुने विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया