काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । टस जितेर ब्याटिङ गरेको युएईले यो समाचार तयार पार्दासम्म ३ विकेटको क्षतिमा ४४ ओभरको समाप्तिमा २२० रन जोडेको छ । नेपालका बलरहरुले आज विकेट झार्न सकिरहेका छैनन् । दुवै टिम शीर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट खेल्ने भइसकेका छन् ।

बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो । नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन, मार्च ४ तारिखबाट जिम्वावेमा हुने विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ । नेपालले यो खेलमा जित हासिल गरेमा विश्वकप छनोटको समूह ए बाट खेल्नेछ ।

तपाईको प्रतिक्रिया