काठमाडौँ- फिल्म ‘कोहलपूर एक्सप्रेस’को दोश्रो गीत अब मन सँग मनलाई बुधबार सार्वजनिक गरिएको छ ।फिल्मको रोमान्टिक गीतमा नायिका केकी अधिकारी र विनोद न्यौपानेलाई फिचरिगं गरिएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।गीतको भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।

फिल्म बिशाल भण्डारीको निर्देशनमा बनेको हो।केकीको आफ्नै कम्पनी जुनकिरी आर्टको ब्यानरमा बनेको फिल्ममा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, बिनोद न्यौपाने, रबिन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया