महेन्द्रनगर- प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन्।

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि बिहीबार भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो। दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि बिहीबार मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो।

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी भएका हुन् भने महतोले आठ मत प्राप्त गरेका थिए। मतदानमा एक मत बदर भएको थियो। प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन्।

तपाईको प्रतिक्रिया