काठमाडौँ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो साँझ बस्ने मन्त्रीपरिषद बैठकमा सम्बोधन गर्ने भनिएपनि देउवाले बिहिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै २०७४ जेठमा गठन भएको सरकारबाट प्रधानमन्त्री देउवाले बिहीबार बिहान राजीनामा दिएका हुन् । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै राजीनामा दिएका हुन् । देउवाले राजीनामा दिएसँगै आजै एमाले अध्यक्ष केपी शर्मा अ‍ोली वाम गठबन्धनको तर्फबाट नयाँ प्रधानमन्त्री बन्दैछन् । अध्यक्ष ओलीले एकाबिहानै राष्ट्रपति भण्डारीलाई भेटे लगत्तै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयले अगाडी बढाइसकेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया