काठमाण्डौ । बाम गठबन्धनले प्रधानमन्त्रीका लागी दाबी गरेपछि राष्ट्रपति कार्यालयले आजै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । जसको जानकारी दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड एकाबिहानै शितल निवास पुगेका छिए । सो अवसरमा एमाले अध्यक्ष ओलीले बाम गठबन्धनको बहुमत पुगेको जनाउँदै प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या रहेको छ । बाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया