ताजा खबर:- आजको प्रदुषणले भरिएको वातावरणमा साइकल रुचाउने मानिसहरू बढ्दै गएका छन् । साइकल केवल प्रदुषण कम गर्ने यतायात संसाधन मात्र नभई यो शारीरिक स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुन्छ । साइकल चलाउँदा सम्पूर्ण शरीरलाई व्यायाम हुन्छ । यसकारण दिनहुँ साइकल चलाउनुको केही स्वास्थ्यलाभ यसप्रकार उल्लेख गरिएको छ ।

१-मोटोपन घट्छ

नियमित रूपले साइकल चलाएर तपाई केही दिनमै मोटोपनबाट छुटकारा पाउन सक्नुहुन्छ । विभिन्न सोधमा यस कुरालाई प्रमाणित गरिएको छ कि हरेक दिन आधा घण्टा साइकल चलाउँदा सम्पूर्ण शरीरलाई व्यायाम हुन्छ र साथै अतिरिक्त वजन बढ्ने समस्याबाट पनि छुट्कारा मिल्छ ।

२-स्टेमिना बढाउन मद्दतगार

साइकल चलाउँदा ब्लड सेल्स र त्वचामा अक्सीजनको प्रयाप्त आपूर्ति हुन्छ । यसबाट त्वचामा चमक बढ्छ । यसबाट शरीरको स्टेमिना पनि बढ्छ ।

३-तनावबाट छुटकारा

थुप्रै अध्ययनमा पत्ता लागेको छ कि नियमित रूपले साइकल चलाउने मानिस तनाव र चिन्ताबाट मुक्त रहन्छन् ।

४-मुटु सम्बन्धि रोगहरूबाट बचाउँछ

जब हामी साइकल चलाउने गर्दछौँ, तब मुटुको धड्कन बढ्छ । यसबाट शरीरमा रक्त प्रवाह सन्तुलित हुन्छ । जो मुटुसँग सम्बन्धित रोगहरूको खतरा निकै न्यून गर्छ ।

५-मसल्समा मजबूती

साइकल चलाउँदा खुट्टाको मांसपेशी ज्यादै मजबूत हुन्छ । साइकल चलाउनु वास्तवम पूरै शरीरलाई व्यायाम गर्नु हो । यसबाट शरीरको समस्त भागको मांसपेशीमा मजबूती आउँछ ।

६-रोगप्रतिरोधक क्षमता मजबूत

नियमित साइकल चलाउँदा इम्यून सिस्टम मजबूत हुन्छ । एक सोधमा पत्ता लागेको छ कि जो मानिसहरूले हप्तामा कम्तीमा पाँच दिन आधा घण्टा साइकल चलाउँछन् भने उनीहरू रोगी हुने सम्भावना ५० प्रतिशत सम्म कम हुन्छ ।

तपाईको प्रतिक्रिया