ताजा खबर:- कुनै पनि किसिमको दुखाई निवारक औषधि दुखाईबाट तत्कालिन आरामको लागि सहि हुन्छ तर त्यसको कुनै दिर्घकालिन लाभ हुँदैन । तत्काल आराम पुर्याउने यी औषधि दुखाईलाई जरै देखि नष्ट गर्न सक्षम हुँदैन र यसलाई खानुको साइड इफेक्ट पनि अलग हुन्छ । यस्तो अवस्थामा कुनै पनि किसिमको दुखाईको लागि प्राकृतिक उपायलाई अपनाउनु उचित हुन्छ । आज हामी केही यस्ता सहज प्राकृतिक पेन किलर्सको बारेमा चर्चा गर्दैछौँ, जसको कुनै साइड इफेक्ट हुँदैन र साथै यसले दुखाईलाई पनि जरै देखि कम गर्छ ।

अदुवा- तीक्ष्ण स्वादयुक्त यो औषधि पेटको समस्याहरूबाट छुटकारा दिलाउन लाभकारी हुन्छ । यसको साथै महिनावारीको अवधिमा हुने समस्या र मांसपेशीमा हुने दुखाईलाई कम गर्न पनि उपयोगी हुन्छ ।

फर्सीको बियाँ- फर्सीको बियाँ म्याग्नेशियमले भरिपूर्ण हुन्छ । यो माइग्रेनको दुखाईबाट आराम दिलाउन निकै मद्दतगार हुन्छ । ओस्टिओपोरोसिसको उपचारमा पनि फर्सीको बियाँ निकै असरदार हुन्छ ।

बेसार- शरीरमा कुनै पनि किसिमको समस्याहरूको उपचारको लागि बेसारको प्रयोग गरिन्छ । औषधीय गुणले भरिपूर्ण बेसारमा सूजनरोधी गुण पाईन्छ । यसको साथै यो अर्थराइटिस, ओस्टिओअर्थराइटिस आदिको उपचारमा पनि निकै लाभकारी हुन्छ ।

चेरी- चेरिज एन्टी-अक्सीडेन्ट र एन्टी-इन्फ्लेमेट्री गुणले भरिपूर्ण हुन्छ । यो मांसपेशीमा हुने दुखाईबाट आराम दिलाउन निकै असरदार हुन्छ ।

रातो खुर्सानी- रातो खुर्सानीमा क्याप्सेकिन नामक तत्व पाईन्छ । यो दुखाई निवारक गुणबाट भरिपूर्ण हुन्छ । विभिन्न अध्ययनमा यो भनिएको छ कि रातो खुर्सानीको सेवन त्वचाको सूजनको उपचारमा औषधि भन्दा बढी उपयोगी हुन्छ ।

पुदिना- पुदिना प्राकृतिक पेन किलरको रुपमा प्रमाणित गरिएको छ । यो हरेक किसिमको दुखाई अत्यन्त प्रभावी हुन्छ । यसको साथै पुदिनाको तेल ग्यास्ट्रिक, उल्टी र दुखाईको लागि निकै लाभदायक हुन्छ ।

तपाईको प्रतिक्रिया