ताजा खबर:- विभिन्न तथ्य अनुसार, रिसको बेला व्यक्तिको सोच्ने-सम्झने क्षमता नष्ट हुन्छ र जेपनि गर्न तयार पार्छ । यस्तो अवस्थामा थुप्रै मानिसहरूसँग व्यक्तिगत सम्बन्ध प्रभावित हुनुको साथै रिसले स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पार्छ । तनाव र व्यस्तताले भरिपूर्ण जीवनशैलीमा यो सामान्य कुरा हो । यस्तो अवस्थामा केही विशेष खाद्य पदार्थ, जसले रिसलाई नियन्त्रित गर्न मद्दत गर्न सक्छ । आज हामी ती आहारको बारेमा चर्चा गर्दैछौँ, जसले रिस नियन्त्रण गर्न मद्दत गर्छ ।

केरा- केरामा डोपामाइन नामकको तत्व पाईन्छ, जो मुड ठिक गर्न काम आउँछ । यसमा म्याग्नेशियम पनि पाईन्छ, जसले तपाईको मुडलाई सकारात्मक बनाई राख्न मद्दत गर्छ ।

डार्क चकलेट- डार्क चकलेट खाँदा मस्तिष्कलाई एन्डोफ्रिन्सको डिस्चार्ज गर्न मद्दत मिल्छ । यसको साथै यसबाट सेरोटोनिनको स्तर बढ्छ । यसकारणले स्ट्रेस हार्मोन्स कम हुन्छ र चिन्ताको स्तरमा निकै कमी आउँछ ।

अखरोट- अखरोटमा ओमेगा ३ फ्याटी एसिड्स, भिटामिन ई, मेलाटोनिन र एन्टी-अक्सीडेन्ट्स प्रचुर मात्रामा पाईन्छ । यसले हाम्रो मस्तिष्कलाई दुरुस्त राख्न मद्दत गर्छ । यस्तो अवस्थामा अखरोटको सेवन रिसलाई हटाउन तथा खुशी बढाउन निकै मद्दतगार हुन्छ ।

कफी- कफीमा चिन्ता हटाउन तथा मूडलाई नियन्त्रित गर्ने सम्बन्धित कयौँ किसिमको न्यूरोट्रान्समिटर्स पाईन्छ । एक कप कफीको सेवन रिसको स्तर निकै कम गर्छ । यो मस्तिष्कमा ब्रेन स्टेम सेल्सलाई सक्रिय गरी नयाँ न्यूरोल्स बनाउँछ ।

चिकन- चिकनमा एमिनो एसिड प्रशस्त मात्रामा पाईन्छ, जसलाई ट्रीप्टोफन भनिन्छ । यो मूडलाई बूस्ट गर्न निकै मद्दतगार हुन्छ । चिकनमा टाइरोसिन नामक एक अन्य एमिनो एसिड पाईन्छ । यो डिप्रेशनको लक्षणलाई कम गर्ने काम गर्छ । यस्तो अवस्थामा आहारमा चिकन समावेश गरी क्रोधमा नियन्त्रण पाउन सकिन्छ ।

पालकको जूस- पालक सेरोटोनिनले भरिपूर्ण हुन्छ । यो दिमाग र मुडको लागि राम्रो हुन्छ । जब तपाई छटपटी एवम् अशान्ति महसूस गर्नुहुन्छ तब एक कचौरा पालकको जूस पिउनुहोस् । यसबाट तपाईको दिमाग शान्त हुन्छ र अत्यधिक क्रोधबाट छुटकारा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया