क्यानडाका हम्जा ताखिक पाँचौ विकेटको रुपमा आउट भएसँगै बलिगंमा पारस आएका छन् । आजको खेलमा नेपालका बलरहरुले सोचेजस्तो विकेट लिन नसकेका कारण नेपालले ठूलो रनको चुनौती पाउने निश्चित भएको छ ।

अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो । समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया