काठमाडौं । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच जारी प्रतिस्पर्धामा ३४ ओभरको समाप्तिामा १२४ रन जोडेको छ क्यानडाले । आजको खेलमा नेपाली बलरहरुले सोचेजस्तो विकेट झार्न नसकिरहेका कारण क्यानडाका ब्याट्रसम्यानहरु श्रीमन्थ विइजे रत्ने र हम्जा तारिकले फाइदा उठाइरहेका छन् । अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो । समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया