काठमाडौं, २ फागुन । आजसुनको भाउ तोलामा ४ सयले बढेको छ । तोलामा ४ सयले बढेर आज सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको छ ।

चाँदीको भाउपनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७४० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया