फिल्म लिलि बिलि’ को टाइटल गीत रिलिज भएको छ । प्रदीप खड्का र जसीता गुरुङको अभिनय रहेको यो गीतलाई भ्यालेनटाइन डे’को अवसर पारेर रिलिज गरिएको हो ।

एकतारेको शब्दलाई एस।डि।योगीले संगीत दिनुका साथै आवाज पनि भरेका छन् ।मिलन चाम्सको निर्देशन रहेको यो फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, अनुप बिक्रम शाही, जसीता गुरुङ, सबिन श्रेष्ठ, रितेश चाम्स लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

काफिया फिल्मस् सुदीप खड्का प्रोडक्शन र चाम्स इनटरटेन्मेन्टको प्रस्तुतीमा बनेको यो फिल्मलाई फिल्मलाई गोबिन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया