एजेन्सी – अभिनेता सैफ अली खानकी छोरी सारा अली खान अभिनित डेब्यु फिल्म केदारनाथ’को छायांकन नै रोकिएको छ ।खबर अनुसार  यस फिल्मका निर्देशक अभिषेक कपूर र निर्माता बिच मामुटाब भएपछि फिल्म केदारनाथ’को छायांकन नै राकिएको बताइएको छ ।दारनाथ’ यतिबेला मुस्कीलमा परेपछि साराको बलिउड यात्रा रोकिन सक्ने भएको छ ।

यस फिल्मका निर्देशक अभिषेक कपूरले फिल्मका अन्य सदस्यलाई जानकारी नै नदिएर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेपछि विवाद भएको हो । उनले फिल्मको पोष्टरमा फिल्मको प्रदर्शन मिति २१ डिसेम्बर २०१८ लेखेका थिए ।

निर्देशक कपूरले प्रोडक्शन हाउससँग यसरी बिना कुनै सहमति फिल्म प्रदर्शन मिति सार्वजनिक गरेपछि यस फिल्मका निर्माताले फिल्मको छायांकनलाई रोकिदिएका छन् ।फिल्म केदारनाथ’मा सारा अली खान र सुशान्त सिंह राजपुतलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया