काठमाडौँ -४५ दिनको सेड्यूल बनाएर चलचित्र ‘रामकहानी’को छायांकन सुरु गरिएको छ ।पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट शिवरात्रीको दिनदेखि चलचित्रको छायांकन सुरु गरिएको नायिका पूजा शर्माले बताएकी छन् ।

विन्दवासिनी मन्दिरमा चलचित्रको सफलताको कामना गर्दै पूजा गरी सुरु गरिएको यो फिल्ममा मुख्य कलाकार नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेल केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा रहेका छन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन छ । भदौ २२ गते तीजको अवसर पारेर रिलिज हुने यो फिल्ममा प्रेम र कमेडीलाई मिलाएर बनाउन लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया