काठमाडौं, २ फागुन। कांग्रेसका एकजना बूढा अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीलाई बच्चा भनेपछि देउवा र पौडेल क्याम्पबीचको खाडल झन् गहिरो बनाइदिएका छन् ।

संघीय निर्वाचनमा अर्थमन्त्रीले आफूलाई भनेजति खर्च नदिएपछि सबैभन्दा लामो समय अर्थमन्त्रालय चलाएका कांग्रेस नेता रामशरण महतले यो रिस पोखेका हुन् ।

आफूले निर्वाचनताका सँधै ठूलो रकम खर्च गरेर पार्टीलाई जिताउने गरेको उदाहरण नेताहरुको बसाईमा पेश गर्थे । कतिपयले आरजुले धनगढीमा किनेको घरका लागि ज्ञानेन्द्र कार्कीले नै रकमको जाहो गरिदिएको बताएका छन् । यसका लागि उनले नाम चलेको एक व्यापारिक घरानालाई करमा छुट दिएर यो रकम निकालेको पनि भन्ने गरेका छन् ।

६५ वर्षमै वृद्धाभत्ता दिने निर्णयपछि राष्ट्रिसभा निर्वाचनको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा रामशरणले अर्थमन्त्री कार्कीलाई झम्टिएका थिए । उक्त बैठकमा निर्णय ठिक भएको र यसले ओली सरकारलाई अप्ठेरोमा पार्नसक्ने बताइएसँगै बच्चा अर्थमन्त्री भनेर झम्टिएका थिए । जनआस्थामा खबर छ ।

महतले ‘तिमीलाई अर्थतन्त्र के थाहा छ ? कुन आधारमा देशलाई दीर्घकालिन यतिठूला असर पार्नेगरी यो निर्णय गर्यौ ? रकम कहाँबाट आउँछ यसरी ? यस्तो बच्चा निर्णयलाई लोकले के भनेको छ, सुनेका छौं ?’ भनेर झम्टिएपछि अरु सदस्यले रोक्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया