काठमाडाैं, २ फागुन ।

प्रदेश १ : ३ फागुनमा प्रदेश सभाको बैठक

प्रदेशको मुख्यमन्त्रीमा एमालेका शेरधन राईले आज नियुक्ति पाउनेछन् । बिहीबार शपथपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । प्रदेश सभामुखमा प्रदीपरत्न भण्डारी नियुक्ति भएका छन् । बिहीबार बस्ने प्रदेश सभा बैठक उपसभामुखको चयन गर्नेछ ।

प्रदेश २ : मुख्यमन्त्रीमा लालबाबुको दाबी

प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ३ : पौडेल नेतृत्वमा वामपन्थी सरकार

प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ४ : ४ फागुनमा मुख्यमन्त्रीको शपथपछि मन्त्रिपरिषद् विस्तार

प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले ४ फागुनमा शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश सभामुखको निर्वाचन बिहीबार हुनेछ । सभामुख पदमा माओवादीका नेत्रप्रसाद अधिकारीको दाबी छ ।

प्रदेश ५ : तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी

प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री भएका छन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ खाने कार्यक्रम छ । सोही दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले र माओवादीबाट एक–एक गरी मुख्यमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमालेबाट बैजनाथ चौधरी, लीला गिरी, विष्णु पन्थीमध्येबाट एक तथा माओवादीबाट कुलप्रसाद केसी सोनाम, दधिराम न्यौपाने, कृष्णध्वज खड्कामध्ये एकजना सरकारमा जाने सम्भावना रहेको बताइन्छ । सभामुखमा माओवादीका पूर्ण घर्ती र उपसभामुखमा भने अझै टुंगो लागिसकेको छैन ।

प्रदेश ७ : सानो आकारको सरकार गठनको तयारी

मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्टले दाबेदारी पेस गरेका छन् । बिहीबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको चयन गर्नेछ । मुख्यमन्त्रीले शपथ लिएपछि सानो आकारको सरकार गठनको तयारी छ । २९ माघमा बसेको प्रदेश सभा बैठकले सभामुखमा एमालेका अर्जुन थापालाई चयन गरेको थियो । उपसभामुखका लागि ६ फागुनमा निर्वाचन हुनेछ । नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया