ताजा खबर:- ब्ल्याकहेड्सको समस्या हरेक किसिमको त्वचामा हुन्छ, चाहे त्यो ओयली त्वचा होस् या ड्राई त्वचा । ब्ल्याक हेड र व्हाइट हेड दुई रूपले अनुहारमा देखिन्छ । सामान्यतय: यो नाक, घाँटी, ढाड, छाती र निधारमा बढी हुन्छ । हार्मोनल डिसअर्डरको कारण पनि कयौँ मानिसलाई ब्ल्याकहेड्सको समस्या हुनथाल्छ ।

यसको मुख्य कारण तेल ग्रन्थीबाट तेल बढी निस्कनु, रोमछिद्र बन्द हुनु र ब्ल्याकहेड्स बन्नु हो । केही अन्य फ्याक्टर्स जस्तै शरीरको हार्मोनलमा परिवर्तन, कस्मेटिक प्रोडक्ट्स अत्यधिक प्रयोग गर्नु, त्वचा उचित ढंगले हेरचाह नगर्नु, तनाव र जेनेटिक्सको कारण पनि ब्ल्याकहेड्सको समस्या हुनसक्छ ।

हुनत: यस समस्याबाट छुटकारा दिलाउने बजारमा थुप्रै प्रोडक्ट उपलब्ध छन् तर यति महँगो हुन्छ, जसलाई दिनहुँ प्रयोग गर्न कठिन हुनसक्छ । यसकारण आज हामी केही यस्ता प्राकृतिक ७ उपायको बारेमा चर्चा गर्दैछौँ, जो अत्यन्त प्रभावकारी सावित हुन्छ ।

१-बेकिंग सोडा, कागतीको रस र काँचो दूध

ब्ल्याकहेड्सको उपचारमा बेकिंग सोडा निकै उपयोगी पदार्थ मानिन्छ । यो त्वचाबाट इम्पुरिटी जस्ता फोहोर सफा गर्न मद्दत गर्छ । कागतीको रस पोर्सलाई कम गर्न मद्दत गर्छ र साथै त्वचामा चमक पनि ल्याउँछ । काँचो दूधमा भिटामिन बी, अल्फा-हाइड्रोक्सी एसिड, क्याल्शियम र अन्य एन्टीअक्सीडेन्ट्स हुन्छ । यसले त्वचामा क्लेन्जर काम गर्छ ।

विधि:- दुई चम्मच बेकिंग सोडा, एक चम्मच कागतीको रस र दुई चम्मच काँचो दूध लिनुहोस् । अब यी सबैलाई राम्रो सँग मिलाएर अनुहारमा लगाउनुहोस् । यसलाई ५ मिनेटको लागि रहन दिनुहोस् र आफ्नो औंलाको सहायताले अनुहारमा मालिश गर्नुहोस् । यसपछि अनुहार सफा पानीले धुनुहोस् र अनुहारमा टोनर लगाउनुहोस् । यसलाई हप्तामा एक-पटक प्रयोग गर्नुहोस् ।

२-ब्राउन सुगर, कागतीको रस र मह

ब्राउन सुगर प्राकृतिक हर्मेट हो, जसले त्वचालाई मोइश्चराइज गर्छ । मृत त्वचा सजिलै निस्किन्छ र पोर्स सफा हुन्छ, जसबाट ब्ल्याकहेड हुँदैन । महमा एन्टीअक्सीडेन्ट, एन्टीसेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले ब्ल्याकहेड हटाउँछ र त्वचालाई पोषण प्रदान गर्छ ।

विधि:- एक चम्मच ब्राउन सुगर, दुई चम्मच कागतीको रस र एक चम्मच मह लिनुहोस् । यसलाई राम्रोसँग मिलाएर अनुहारमा लगाउनुहोस् । अब १५ मिनेटसम्म यसले राम्रोसँग मालिश गर्नुहोस् र पानीले अनुहार धुनुहोस् ।

३-अण्डाको सेतो भाग र मह

अण्डाको सेतो भागमा लाइसोसिम हुन्छ, जसबाट त्वचाको पोर्स कम हुन्छ र त्वचाको सतहमा अतिरिक्त तेल पनि जम्मा हुँदैन । यति मात्र नभई अण्डाको सेतो भागमा भिटामिन र अमीनो एसिड हुन्छ, जो त्वचाको कोषिकाहरूलाई फेरि बन्न मद्दत गर्छ ।

विधि:- अण्डाको सेतो भागमा एक चम्मच मह मिलाउनुहोस् र अनुहारमा राम्रोसँग लगाउनुहोस् । यो सुकेपछि चिसो पानीले धुनुहोस् । यसलाई दिनहुँ लगाउँदा त्वचा सफा र चम्किलो हुन्छ ।

४-चीनी र अण्डाको सेतो भाग

चीनी प्राकृतिक एक्सफोलिएटर हो, जसले त्वचाबाट मृत त्वचा सफा गर्छ । चीनीमा ग्लाइकोलिक एसिड हुन्छ, जसबाट त्वचामा अतिरिक्त तेल जम्मा हुन सक्दैन ।

विधि:- दुई ओटा अण्डाको सेतो भाग लिनुहोस् । अब यसलाई राम्रो सँग फिटेर एक चम्मच चीनी मिलाउनुहोस् । यस मिश्रणलाई अनुहारमा लगाउनुहोस् र ५-१० मिनेटसम्म मालिश गर्नुहोस् । अब यसलाई ३० मिनेटको लागि राख्नुहोस् र चिसो पानीले धुनुहोस् । यस प्रयोगलाई हप्तामा २-३ पटक दोहोर्याउनुहोस् ।

५-नून र कागती

नून पनि त्वचालाई सफा गरी ब्ल्याकहेड्स निको पार्न मद्दतगार हुन्छ । यसको मसिनो दाना त्वचामा हुने ब्ल्याकहेड्सलाई सफा गर्छ ।

विधि:- एक चम्मच नूनमा एक चम्मच कागती र एक चम्मच पानी मिलाउनुहोस् । अब यस मिश्रणलाई अनुहारमा लगाउनुहोस् र बिस्तारै-बिस्तारै ५-१० मिनेटसम्म मालिश गर्नुहोस् र धुनुहोस् ।

६-दालचीनी, कागतीको रस र मह

दालचीनी ती मसला मध्य हो, जसको प्रयोग गरिष्ठ भोजन बनाउने समय गरिन्छ । यसमा एन्टी ब्याक्टेरिया गुण हुन्छ, जसबाट डन्डीफोर र ब्ल्याकहेड्स निको पार्न सकिन्छ ।

विधि:- दालचीनीको पाउडर तयार गर्नुहोस् । अब यसमा मह र कागतीको रस मिलाउनुहोस् । यसलाई त्वचामा लगाउनुहोस् र १०-१५ मिनेटसम्म छोड्नुहोस् । त्वचालाई धुनु अघि कालो धब्बा रहेको स्थानमा मालिश गर्नुहोस् ।

७-ओटमील, बेसार र कागतीको रस

त्वचालाई ब्ल्याकहेड्सबाट बचाई राख्नको लागि ओटमील, बेसार र कागतीको रसको मिश्रण निकै फाइदाजनक हुन्छ । ओटमील कालो धब्बा हटाउनका लागि निकै उपयोगी सावित हुन्छ । बेसारको प्रयोग कयौँ सौन्दर्य उत्पादनमा गरिन्छ । यसको जरा पनि अत्यन्त लाभदायक हुन्छ किनकी यसमा एन्टीसेप्टिक गुण पनि हुन्छ ।

विधि:- एक कचौरामा एक चम्मच ओटमील पाउडर, दुई चम्मच कागतीको रस र बेसार पाउडर १/४ चम्मच लिनुहोस् । यसलाई राम्रोसँग मिक्स गरेर अनुहारमा लगाउनुहोस् । यसपछि यसलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस् ।

तपाईको प्रतिक्रिया