ताजा खबर:- यदि तपाई मुटुसँग जोडिएको कुनै रोगले पिडित हुनुहुन्छ या चिसोको समस्यालाई झेल्ने शक्ति तपाईको अधिनमा छैन भने यस अत्यन्त उपयोगी सब्जीको मद्दत लिनुहोस् । यो सब्जी केवल शरीरमा बढ्दो कोलेस्ट्रोल मात्र नभई डायबिटीजको रोगीको लागि पनि वरदान हो ।

चिसोबाट छुटकाराको लागि प्राकृतिक एन्टीबायोटिक

कयौँ सोधमा अब यही कुरा पूर्ण रूपले प्रमाणित भैसकेको छ कि चिसोको दिनहरूमा लसुनको सेवनले चिसो लाग्नबाट बचाउँछ । चिसोको दिनहरूमा गाँजर, अदुवा र लसुनको जूस बनाएर पिउँदा शरीरलाई एन्टीबायोटिक्स प्राप्त हुन्छ र चिसो कम लाग्छ ।

दाँतको दुखाईबाट आराम दिलाउँछ

लसुनको सेवनले दाँतको दुखाईबाट आराम मिल्छ । लसुनलाई ल्वांगको साथ पिसेर दाँतमा दुखाई रहेको क्षेत्रमा लगाउँदा दुखाईबाट तुरुन्त आराम दिलाउँछ ।

संक्रमणबाट बचाउँछ, लसुन

लसुनको सेवनले शरीरमा टी-सेल्स, फैगोसाइट्स, लिन्फोसाइट्स आदि प्रतिरोधी तत्व बढ्छ र शरीरको प्रतिरोधी क्षमता बढ्छ । यसबाट कुनै पनि प्रकारको संक्रमणको प्रभाव शरीरमा तुरुन्त हुँदैन ।

मुटुको स्वास्थ्यको लागि खानुहोस्, लसुन

लसुनको सेवनले केवल खराब कोलेस्ट्रोलको स्तर कम हुने मात्र नभई मुटु पनि सधैँ स्वस्थ रहन्छ । यसमा यस्ता तत्व हुन्छ, जो शरीरमा राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउँछ, जसबाट खराब कोलेस्ट्रोल नष्ट गर्न सहज हुन्छ । हाइपरटेन्शन र हाई ब्लड प्रेशरको रोगीले प्रतिदिन कम्तीमा लसुनको दुई पोटी अवश्य खानुहोस् । यसमा पाईने एलिसिन नामक तत्व हाई बीपीलाई सामान्य गर्न मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया