काठमाडौं । भारत फोन गर्दा निकै नै महंगो महशुस गरिरहनु भएको छ ? अब चिन्ता नलिनुहोस् । नेपाल टेलिकमको नयाँ योजना अनुसार अब भारत फोन गर्दा ४० प्रतिशत छुट हुने भएको छ ।

भारतमा कल गर्न टेलिकमले विभिन्न प्याकेजहरु सार्वजनिक गरेको र सोही प्याकेज अन्र्तगत १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको टेलिकमले जनाएको छ।

तपाईको प्रतिक्रिया