भक्तपुर  । भक्तपुरको सूर्य विनायक नगरपालिकामा बाघको आक्रमणबाट सोमबार साँझ एक बालकको ज्यान गएको छ। साँझ पसल गएर फर्किने क्रममा शिशिरलाई बाघले आक्रमण गरेपछि स्थानीय ६ वर्षीय शिशिर तामाङको मृत्यु भएको हो।साँझ पसल गएर फर्किने क्रममा शिशिरलाई बाघले आक्रमण गरी घिसार्दै जंगलतर्फ लगेको स्थानीय बासिन्दालाई उदृढ गर्दै महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

बालकलाई बाघले आक्रमण गरे लगत्तै स्थानीय बासिन्दा, प्रहरी र सूर्यविनायकस्थित ब्यारेकका सेनासहितको टोली बालकको खोजतलाश तथा उद्धारमा खटेको थियो। टोलीले राति १० बजे बालकुमारी सामुदायिक वनमा शिशिरको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शरीरको तल्लो भागका साथै कान, गाला खाएको र च्यातिएको कपडा भेटेपछि रगत पछ्याउँदै जाँदा जंगलमा बाघले बालकलाई खाइरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शव भक्तपुर अस्पतालमा राखिएको र पोष्टमार्टमपछि परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया