काठमाडौं ।चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार दुर्घटनाग्रस्त बनेको छ ।

गएराती १२ बजे ‘तक्मे बुढा’ सहित आधा दर्जन कलाकार चढेको गाढी मधुमल्ला महोत्सवमा आयोगित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा दुर्घटनामा परेको हो । तिब्र गतिको कार कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो । कारमा विल्सन, बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ । उनीहरू सकुसल रहेका छन् । दुर्घटनामा कारमा भने सामान्य क्षती पुगेको छ ।

तपाईको प्रतिक्रिया