काठमाडौं । चर्चित अभिनेता अभिनेता दयाहाङ राईले दुईवटा सिनेमा गर्दा पारिश्रमिक ५० लाख दिए पनि फरक नपर्ने बताएका छन् । एक अन्तरवार्ताका क्रममा अहिलेका व्यस्त अभिनेतामध्येका एक राईले पछिल्लो समय आँफुले एउटा चलचित्रमा काम गरेको २० लाख लिन थालेको रहस्य समेत खुलाएका छन् ।

निर्मात्री तथा अभिनेत्री स्वेता खड्काको निर्माण तथा अभिनय रहेको सिनेमा ‘कान्छी’को गीत ‘चरी चट्ट परि’को छायाकंन पछि दयाले नाम नखुलेको एउटा सिनेमामा २० लाख लिएका हुन् । तर उनको यो पारिश्रमिक चर्चामा आएन । उनले यो कुरा सार्वजनिक गर्न पनि चाहेनन् । दयाले आँफुले फिल्ममा बाहेक अन्य क्षेत्रमा काम नगर्ने र यसमा तन मन दिएर लाग्दा राम्रो पारिश्रमिक अहिलेको आवश्यकता भएको बताए ।

तपाईको प्रतिक्रिया