ब्राजिलको साओ पाउलोस्थित कुबाटाओकी एक महिलाले आफ्नो श्रीमानसँग रङ्गहात समातिएकी महिलालाई एउटा सोच्नै नसकिने सजाय दिएकी छिन् ।

आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा अर्कै युवतीसँग सहवासमा लिप्त भएको देखेपछि २० बर्षीय ति महिलाले अचम्मको सजाय दिएकी हुन् । श्रीमानसँग सँगै सुतेकी महिलाको ती महिलाले कपाल काटेर टाटेपाटे बनाइदिईन् भने लगाएको लुगा समेत च्यातचुत पारेर बस्तीमा नांगै डुलाइदिन् । उनले गरेको यो हर्कतको भिडियो बनाएर केहीले सामाजीक सञ्जालमा पोष्ट गरिदिएपछि यो भिडियो निकै भाईरल बन्यो ।

सामाजीक सञ्जालमा यो घटना सार्वजजिनक भएपछि यस्तो बेइज्जतीपूर्ण कार्य गर्ने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनले भने आफ्नो श्रीमानसँग लसपस गर्ने ती युवतीलाई सजाय दिएकोमा कुनै पछुतो नलागेको बताएकी छिन् । उनले आफू अब श्रीमानसँग सँगै नबस्ने समेत बताएकी छिन् । -एजेन्सी

तपाईको प्रतिक्रिया