काठमाडौं । निकै प्रतिस्पर्धाकाबिच अन्तत नेपालले केन्या बिरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । आइसीसी डिभिजन टू अन्र्तगतको नेपालको चौथो खेलमा नेपालका लागी केन्याले १ सय ७८ रनको चुनौती १ बल बाँकी छँदा नै पुरा गरेर नेपालले जित आफ्नो पक्षमा दर्ता गरेको हो ।

नेपाललाई जिताउन कप्तान पारस खड्काको आजको प्रस्तुती निकै महत्वपूर्ण गरेसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो । पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया