काठमाडौं । नेपालको २० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर जम्मा ७१ रन जोडेको छ । नेपालका कप्तान पारस खड्का चौथो विकेटका रुपमा क्याच आउट भएसँगै नेपालको रनमा ब्रेक लागेका बेला आरिफ शेख र शरद भेषवाकरले जोडी बाँधिरहेका छन् ।

आइसीसी डिभिजन टू मा केन्याले दिएको १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपालका कप्तान पारस खड्काले ४३ बलमा ४२ रन जोडेर आउट भएका हुन् । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए । पारश र शरदले २३ रनको साझेदारी गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया