वासिङटन – सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने कुरा हालै गरिएको एक अध्ययनले देखाएको छ ।क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको जारी प्रतिवेदनमा सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको उल्लेख गरिएको छ ।

सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ ।उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया