काठमाडौं । आइसीसी डिभिजन टू मा केन्याले दिएको १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपालको बलिगंले बिस्तारै गति लिएको छ । आफ्नो १० ओभरको खेलमा नेपालले ४० रन जोडीसकेको छ । ३ विकेटको क्षतिमा नेपालका पारश खड्का फर्ममा आएसँगै खेलले गति लिएको छ ।

नेपालले पाँचौ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएपछि अहिले शरद भेषवाकर र पारश खड्काले साझेदारी गरिरहेका छन् । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए । पारश र शरदले २३ रनको साझेदारी गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया