ठमाडौं । आइसीसी डिभिजन टू अन्र्तगतको नेपालको चौथो खेलमा नेपालका लागी केन्याले १ सय ७८ रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्दा उसका लागी ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए ।

एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए । केन्यालाई १७७ रनमा समेटने क्रममा नेपालका सन्दी लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया