काठमाडौँ । आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल आज जित निकाल्ने उदेश्य सहित केन्यासँग भिडिरहेको नेपालले अहिले केन्याको चौथो विकेट झारेको छ ।

केन्याका ओपनर इरफानलाई बसन्त रेग्मीको बलमा ज्ञानेन्द्र मल्लले क्याच आउट गरे लगत्तै बसन्तको बलमा पारश खड्काले आर आर पटेललाई क्याच आउट गरेर फेरी अर्को विकेट लिन सफल भएका छन् । यसअघि सन्दिप लामिछानेले केन्याका दुई विकेट झारेका थिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो । पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया