काठामाडौँ । विश्व क्रिकेट लिग डिभिजन–टू अन्तर्गतको चौथो खेलमा आज नेपालले केन्या बिरुद्ध खेल्ने भएको छ । यसअगाडी ३ खेल खेलेको नेपालका सामु आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । हिजोको खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया