एजेन्सी- पद्मावत’ सफलताको स्वाद जिब्रोबाट हराउन नपाउँदै ‘अल्लाउदिन खिलजी’ अर्थात् रणवीर सिंह अर्को प्रोजेक्टमा अनुबन्धित भइसकेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक कविर खानको फिल्म ‘गल्ली बोय’मा रणवीरले प्रख्यात क्रिकेटर कपिल देवको भुमिका निभाउने निश्चित भएको छ। फिल्ममा कविर खानले कपिलदेवको क्रिकेट यात्राका संघर्ष तथा उनले पाएका सफलताहरुलाई देखाउन लागेका छन्।

फिल्मका बारेमा एक्साइटेड रहेका रणवीर सिंहले आफू कविर खानको फ्यान रहेको र उनले बनाएको ‘बजरङ्गी भाइजान’ आफूलाई मन परेको फिल्महरुमध्य एक रहेको बताए। उनले थप्दै भनेका छन्, ‘यो फिल्मबाट मैले आफूलाई फेरि अर्को रुपमा दर्शकहरुसामु उपस्थित गराउन सक्नेछु। यो फिल्मले मलाई अर्को चुनौती थपिदिएको छ। म यो चुनौती स्वीकार गर्न तयार छु।’ नागरिक दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया