एजेन्सी । स्पेनिस ला लिगा लिडर बार्सिलोनाका स्टार स्ट्राइगर लियोनल मेस्सी नचम्किएको खेलमा बार्सिलोनाले जित निकाल्न सकेन । स्पेनिस ला लिगाका अन्तर्गतको गएरातीको खेलमा मेसी चम्किन नसकेपछि बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ ।

बार्सिलोनाका लागी फिलिप कोटिन्हो र एरी मिनाले पाएका दुई राम्रा अवसर पनि सदुपयोग गर्न नसकेपछि हिजो खेलमा कुनै चम देखिएन । तर पनि बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकको अग्रतासहित शिर्ष स्थान भने कायम नै राखेको छ ।

तपाईको प्रतिक्रिया