काठमाडौं । नेपालद्धारा युएई ४ विकेटले पराजित भएको छ । पारस खड्काको बिष्फोटक ब्याटिङ मद्दतमा आइसीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल सहजै बिजयी भएको हो । सुरुमा धरमराएको नेपालको ब्याटिंग पारश खड्काको हातमा परेपछि एकाएक फर्ममा आएको थियो । नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २ रन बनाएर आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए ।

अर्का ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा शरद भेषावकर पनि ३ रनमा आउट भएपछि पारश चम्किन थाले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खडकाले बिष्फोटक ब्याटिङ गर्दै ४८ बलमा ५ छक्का र २ चौका हान्दै ५१ रन बनाउन सफल भए लगत्तै नेपालको जित सुनिश्चित जस्तै बन्यो । ५१ रज जोडेर पारश बाहिरिए पनि अन्य खेलाडीले युएईलाई धुलो नै चटाए र ३१ बल बाँकी छँदा नै आफ्नो देशका लागी जित दिलाए ।

तपाईको प्रतिक्रिया