प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि सोमबार साढे ९ बजे सपथग्रहणको कार्यतालिका छुट्याइएको छ । एमाले संसदीय दलको नेता डोरमणि पौडेल मुख्यमन्त्री बन्ने करिब निश्चित छ ।

पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

एमाले–माओवादी सांसदहरुको आइतबार छुट्टा–छुट्टै बसेको बैठकले संयुक्त हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि मुख्यमन्त्रीका लागि सपथ ग्रहणको बाटो खुलेको हो ।

सोमबार सपथ ग्रहण लगत्तै मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने डोरमणिको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले सपथ ग्रहण गरे लगत्तै दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने तयारी रहेको पनि उनको सचिवालयले नयाँ पत्रिका दैनिकलाई जानकारी दियो ।

तपाईको प्रतिक्रिया