काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणसहित अन्य सरोकारवाला निकायलाई मौसमी सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको छ । तर उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको छ ।

आजको नेपाल समाचारपत्रमा प्रकाशित समाचारमा लेखिएको छ, हिमपात कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरु प्रस्ट जवाफ दिँदैनन् । यसै जिज्ञासामा गतसाता एक मौसमविदले भने, ‘हिमपात भयो भन्ने खबर सुन्यौं, तर के कति मात्रामा हिमपात भयो भन्ने सूचना हामी अद्दावधिक गर्न सक्दैनौं । बरु हामी त पत्रपत्रिका र सञ्चार माध्यममा समाचार आएपछि यति फिटसम्म हिमपात भएछ, भन्ने खबर थाहा पाउँछौं ।’

तपाईको प्रतिक्रिया