ताजा खबर:- गर्भाशयमा कोशीकाको अनियमित वृद्धि सर्भाइकल क्यान्सर भनिन्छ । दुनियाभरिमा हरेक वर्ष यसको लगभग पाँच लाख नयाँ मामला देखिन्छ र यस किसिमले यो दुनियाको चौथो सबैभन्दा सामान्य क्यान्सर हो । यो महिलाहरूको प्रजनन कालको अवधिमा हुन्छ । ३०-३४ वर्षको उमेर बीच हुने यो क्यान्सर ५५-६५ वर्षको उमेर सम्म अन्तिम अवस्था सम्म पुग्छ । सर्भाइकल क्यान्सरलाई समयमै पहिचान गर्न सकेमा यसको पूर्ण रूपमा उपचार गर्न सकिन्छ । एचपीभी संक्रमणको कारणले हुने सर्भाइकल क्यान्सरको यौन सम्बन्धि माध्यमले फैलिने पनि खतरा हुन्छ । यसको साथै लामो समयसम्म गर्भनिरोधक चक्की सेवनको कारणले पनि यो हुने सम्भावना हुन्छ । एक्टिभ या प्यासिभ स्मोकिंगको कारणले पनि सर्भाइकल क्यान्सर हुने खतरा रहन्छ । सर्भाइकल क्यान्सरको लक्षणहरूलाई पहिचान गर्न निकै कठिन हुन्छ । एडभान्स स्टेजमा यसको लक्षण देखिन शुरु हुन्छ । यस्तो अवस्थामा यस्ता लक्षण, जसलाई हरेक महिलाले अवश्य जान्नुपर्दछ ।

श्रोणी-क्षेत्रमा लगातार दुखाई- गर्भाशय क्षेत्रमा दुखाई हुनु सर्भाइकल क्यान्सरको एक लक्षण हो । यो दुखाई लगातार रहिरहन्छ । यदि तपाईलाई पिसाब फेर्ने या सम्बन्ध बनाउने क्रममा श्रोणी क्षेत्रमा दुखाई महसूस हुन्छ भने तुरुन्त चिकित्सकलाई कहाँ जाँच गराउनु पर्दछ ।

योनीबाट असामान्य रक्तस्राव- शरीरिक सम्बन्ध राखीसकेपछि या महिनावारीको अवधिमा यदि असामान्य रूपले रक्तस्राव भैरहेको छ भने यो सर्भाइकल क्यान्सरको लक्षण हुनसक्छ । मीनोपोजको अवधिमा रक्तस्राव र महिनावारीको अवधिमा बढी मात्रामा रक्तस्राव पनि असामान्य रक्तस्राव भनिन्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यो सर्भाइकल क्यान्सरको लक्षण हुन्छ ।

वजनमा कमी र थकान- वजनमा कमी र थकान हुनु पनि सर्भाइकल क्यान्सरको लक्षण हो ।

योनीबाट असामान्य स्राव- योनीबाट सेतो दुर्गन्धयुक्त पानीको स्राव हुनु पनि सर्भाइकल क्यानसरको लक्षण हो । यसलाई वेवास्ता गर्नुहुँदैन बरू तुरुन्त चिकत्सक कहाँ गई जाँच गराउनु पर्दछ ।

पिसाब सम्बन्धि समस्या- पिसाबको थैलीमा दुखाई हुनु सर्भाइकल क्यान्सरको पहिलो लक्षण हो । यो लक्षण तब देखिन्छ जब क्यान्सर पिसाबको थैली सम्म पुग्छ । यसको साथै महिनावारीको बीच स्पोटिंग या सम्बन्ध बनाईसकेपछि ब्लीडिंग हुनु पनि यसको एक लक्षण हो । यस्तो गर्भाशय ग्रीभाको जलनको कारणले हुन्छ । यो सम्बन्ध बनाउने क्रममा या महिनावारी हुँदा तीव्र हुन्छ ।

तपाईको प्रतिक्रिया