काठमाडौँ । गायक नगेन्द्र श्रेष्ठको आवाजमा साझ ढली गयो बोलको गीत सार्वजनिक भए लगत्तै यसले सांगीतिक बजारामा राम्रो चर्चा परिचर्चा बटुलीरहेको छ । ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार बालकृष्ण सजीवका शब्द शृजनामा तयार भएको गीतमा शब्द तथा सृजना पनि पृथक खालको रहेको छ ।

अनिल शाहीको सङ्गीतमा गायक श्रेष्ठ सलल बगेका छन् । गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । शिशिर श्रेष्ठको निर्देशनमा मुकेश हुमागाईको छायाँकन तथा अमृत चापागाईको सम्पादन रहेको उक्त गीतको भिडियोमा अनिल शाही र अनु चापागाईको रोमान्सलाई नजिकबाट नियालिएको छ । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराइरहेका छन् । जुन गीतले सांगीतिक क्षेत्रमा ब्यापक चर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया