पोखरा । फेवातालमा रहेको जलकुम्भी र फोहोर हटाउन ल्याइएको मेसीनले बिहिबारबाट औपचारीक रुपमा काम गरेको छ ।

सो मेसीनको बिहिबार कास्कीबाट प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीले एक कार्यक्रमका विच सो मशिनको उद्घाटन गर्नुभएको हो । अधिकारीकै अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा लेखनाथ महानगरपालिकाको ९१ लाख २५ हजार रुपैयाँ गरी भ्याट सहित १ करोड ४१ लाख २५ हजारमा जलकुम्भी झार निकाल्ने मेशिन किनिएको हो ।यो मेसीन क्यानडामा बनेको हो । मेसीनको तौल ३ टनको छ भने यसले एक पटकमा २ टन सम्मको तौल निकाल्न सक्छ ।

तपाईको प्रतिक्रिया