काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको निर्माणमा बनेको चलचित्र मंगलम्’ को ट्रेलर सार्वजनिक भएको छ । यसअघि नायिकाका रुपमा मात्रै देखिएकी नायिका शिल्पाले यो फिल्ममा निर्मात्रीको भ ूमिका सहित नायिकाका रुपमा पनि निकै दमदार भूमिकामा देखिएकी छिन् । फिल्ममा शिल्पाका अलावा पुष्पल खड्का, शिल्पा पोखरेल र पृथ्वीराज पर्साईं लगायतको को मुख्य भूमिका रहेको छ ।

नवल नेपालले निर्देशन गरेको चलचित्रका दुई गीत पहिले नै सार्वजनिक गरिएको थियो । चलचित्रको ट्रेलरमा त्रिकोणात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको फिल्ममा गोविन्द फुयाँलको कथा, फुयाँल र नवल नेपालका संवाद र विष्णु कल्पित घिमिरेको छायांकन रहेको छ । चलचित्रको पर्ख पर्ख मायालु’ गीत चर्चामा छ । जसमा दीपक शर्माका शब्द, संगीत तथा कृष्ण काफ्लेको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया