काठमाडौँ- टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले नाँच्न अस्विकार गरेका छन् । खबर अनुसार उनीहरुले उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेको बताइएको छ ।

नायिका स्वस्तिमा खड्काले नाँच्नु परे सलमानसँग नेपाली गीतमा नाँच्ने बताएकी छन् ।पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव गरेको स्वेताले बताएकी छन् ।

उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया