काठमाडौं । ओलम्पिकको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्दै आए पनि शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको उत्तर कोरियाले फेरी सैन्य परेड गर्ने भएको हो ।

सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गर्दै आएको उसले फेरी एक पटक विश्वलाई चुनौती दिएको छ । दक्षिण कोरियाका सरकारी अधिकारीहरुले भने प्योङ्याङ बिमानस्थल नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्सल गरिरहेको देखिएको भन्दै सैनिक परेडकै बेला मिसाइल परिक्षण गर्न सक्ने पनि चर्चा चलेको छ ।

तपाईको प्रतिक्रिया