काठमाडौं । आजबाट नामिबियामा सुरु हुन लागेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगितामा नेपालले आयोजक राष्ट्रको सामना गर्ने भएको छ ।

नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुने खेलमा नेपाली टोलीले प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने उदेश्यका साथ मैदानमा उत्रिने तयारीमा रहेको छ । यसअघि नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो ।

६ टोलीले भाग लिएको यो प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।

नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन् । यसैबिच नेपालका कप्तान पारश खड्काले आजको नतिजा कुनै पनि अवस्थामा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया