हुम्ला । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि नाम्खा गाउँपालिका -१ ताङगिङ गाउँकी १७ वर्षीया रिक्टोललामु लामाले सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाएकी छन् ।

आधा घण्टाको दूरीमा स्वास्थ्यचौकी हुँदा समेत समयमै स्वास्थ्य उपचार नपाउँदा लामाले ज्यान गुमाउन पुगिन् । जिल्लाकै राम्रो संरचना भएको हेप्का स्वास्थ्यचौकीमा नियमित कर्मचारी नबस्ने र बिरामीले समयमा उपचार नपाउने समस्या रहेको छ ।

यस्तै गरी नाम्खा गाउँपालिका -१ हेप्का गाउँकी च्योहो लामा बिरामी भएर सुनिएर ज्यान गुमाउन पुगेको स्थानीयहरुको भनाइ छ । बिरामी लामालाई बचाउनका लागि उनकै नातिले सुई प्रयोग गरेपछि ज्यान गएको स्थानीयहरुको भनाई छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि बज्यै बचाउन सकिन्छ कि भनेर उनकै नातिले आतिएर औषधी प्रयोग गरेको स्थानीयहरुको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नियमित नबस्ने नाम्खा गाउँपालिका १ की स्थानीय टैलामु लामाले गुनासो गरिन् । उनले भनिन् – ‘गाउँमा रुघाखोकीका बिरामीहरु धेरै छन् । स्वास्थ्यकर्मी स्वास्थ्यचौकीमा नहुँदा घरमै तातोपानी खाएर बस्दै आएको छु ।’

महिनामा ४ दिन खुल्छ

७ जना कर्मचारीको दरबन्दी रहेको हेप्का स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै बस्दैनन् । महिनाको ४र५ दिन खुल्छ बाँकी दिनहरु बन्द हुने गरेको स्थानीयहरुको भनाई रहेको छ । कति बेला स्वास्थ्यकर्मी आउँछन् थाहै समेत नहुने स्थानीयहरुको बताउँछन् ।

७ जना दरबन्दी रहेको स्वास्थ्यचौकी हेप्कामा स्वास्थ्यकर्मी नै भेटिँदैनन् । जिल्ला अस्पताल हुम्ला जस्तै भौतिक संरचना स्वास्थ्यचौकीमा उपलब्ध भएपनि एक जना पनि कर्मचारी देखिँदैनन् । स्वास्थ्यचौकी छ तर यहाँ स्वास्थ्यकर्मी नै नभएको स्थानीय लोक बहादुर लामाले दुखेसो गरे । पहिल्ला जिल्लाकै राम्रो मानिँदै आएको हेप्का स्वास्थ्यचौकीमा सुरुका वर्षहरुमा बिरामीहरु ठाउँ ठाउँबाट चेकजाँच गर्नेका लागि आउने गरेको स्थानीय फोन्जोक लामाको भनाइ छ । हाल जहिले पनि स्वास्थ्यचौकी बन्द मात्रै हुन्छ समयमा कोही स्वास्थ्यकर्मी नै गाउँमा नआउने उनी बताउँछन् ।

‘तलब कसरी खान्छन थाहा छैन’

हेप्का स्वास्थ्यचौकीका कर्मचारीहरुले कतिबेला आएर तलब बुझ्छन् आफुहरुलाई थाहा नै नहुने स्थानीयहरु बताउँछन् । अघिपछि स्वास्थ्यचौकी बन्द हुन्छ तर तलब कहाँबाट खान्छन् यहाँका स्थानीयहरु यस विषयमा जानकार छैनन् । गाउँपालिकाले तलब खुवाउँछ भन्ने सुनेका छाँ,ै कति बेला तलब खाएर जाने गर्छन् थाहै नहुने छिरिङ टर्सी लामाले बताए ।

तपाईको प्रतिक्रिया