आँखा र नाक नभएको मान्छे ? देख्नु त के कहिल्यै सुन्नुभएको पनि छैन होला । तर दुनियाँमा एउटी यस्ती युवती छिन् जसको जन्मजात आँखा र नाक दुवै थिएनन् । १९ वषिर्या क्यासिडी हुपर जन्मिँदा सबै आश्चर्यमा परेका थिए ।

तर अहिले भने उनको अनुहारमा नक्कली नाक प्रत्यारोपण गरिएको छ । आँखा भने उनले देख्न सक्दिनन् । नाक प्रत्यारोपण गर्नमात्रै चिकित्सकलाइ करिब ६ बर्ष लागेको बताइन्छ ।

चिकित्सकहरुका अनुसार बर्थ डिसअर्डरका कारण क्यासिडीलाइ यस्तो भएको थियो । यी युवतीले आँखा नदेखेपनि अहिले भने कलेज जान थालेकी छिन् र सामान्य जिन्दगी बाँचिरहेकी छिन् ।

जन्मजात नै नाक नभएपनि यी युवतीलाइ सास फेर्न भने कुनै समस्या थिएन । – एजेन्सी

तपाईको प्रतिक्रिया