कनाक्री, गिनी २४ माघ- गिनीमा मतदान भएपछि भएको आगजनीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय निर्वाचनका लागि भएको मतदानपछि मंगलबार गिनीको मध्य भागमा आगजनी भएको एक मन्त्रीले जानकारी दिनु भएको छ ।

कालिन्को भन्ने ठाँउमा रहेका झुपडी र अन्य घरहरूमा आगजनी भएको थियो, “आगजनीमा परी पाँच बालबालिका मारिएका एक मन्त्री बौरेइ कोन्डेले मंगलबार टेलिभिजनलाई जानकारी दिनुभएको छ ।

उहाँले मारिएका बालबालिकाको पहिचान र उमेरका बारेमा भने सञ्चार माध्यमहरूलाई जानकारी दिनु भएन । यो पश्चिम अफ्रिकी मुलुकमा गत आइतबार भएको मतदानपछि अशान्त भएको छ ।

मत गणनाका क्रममा सुरक्षाकर्मीहरूसँग भएको झडपमा परी गत सोमबार विपक्षी पार्टीका एक समर्थक मारिएका थिए ।

राजनीतिक अविश्वास उच्च रहेको गिनीमा निर्वाचनका बेला जातीय विवादका कारण मृत्युका घटना पनि हुनेगरेका छन् ।

तपाईको प्रतिक्रिया