रबिन्द्र यादव/नवलपरासी – नवलपरासी पश्चिम सुस्ता गाउँपालिका २ महलबारीमा मदार बाबा मेला भर्न आएका एक भारतीय भक्तजन मृत्यु भएको छ । मदार बाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्नका लागी पहाडको डाडाँ चढदै गर्दा अाफै लोटेर मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको खजुरिया बस्ने ५० बर्षिय भरतचन्द्र पटेल रहेको महलबारी प्रहरी चौकीले बताएको छ । मृतक पटेल पहाड चढदै गर्दा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको हो । मदारबाबा मेला यही माघ २२ गते देखी अौपचारिक रुपमा संचालन रहेको छ । उक्त मेलामा भारतबाट ७० प्रतिशत भक्तजनहरु अाउने गरेका छन ।

तपाईको प्रतिक्रिया