रामेछाप । पाँच महिनाअघि ड्राइभर भिसामा कतार गएका सुनसरीका गोपाल दाहाल आफ्ना बुबा बित्दा समेत स्वदेश आउन पाएनन् । कुक र वेटरको काममा कतार गएका उनका बुबाको निधन हुनुअघि नै कतारमा अलपत्र परेपछि दाहाल जिन्दगीकै अप्ठ्यारोमा मोडमा पुगेका छन् ।

दाहालसँगै कतारमा अन्य १२ जना युवाहरु पनि रहेका छन् । म्यानपावरबाट हवाई टिकट मगाएर नेपाल फर्कनु भन्दै कम्पनीले समय आँफुहरुलाई अप्ठ्यारोमा पारेको उनीहरुले बताएका छन् । अलपत्र पर्नेमा तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् ।

त्यस्तै पर्वतका खेमबहादुर सुनुवार, तनहुँका ऋखिश्वर सिंजाली मगर, सर्लाहीका गणेश बम्जन, सिन्धुपाल्चोकका नवराज भण्डारी, कास्कीका एकराज गौतम, तनहुँका माधव पोखरेल, स्याङ्जाका बिमल राना र सुनसरीका गोपालप्रसाद दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया