एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन सडक लदुर्घटनामा परी घाइते भएकी छिन् । राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार मोटर दुर्घटना भएको आजतकले जनाएको छ ।

आजतकका अनुसार उक्त दुर्घटनामा एकजनाको मृत्यु भए पनिजसोदाबेद भने सामान्य घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

विवाहलगत्तै मोदी घरबार त्यागेर हिँडेपछि जसोदाबेन एकल महिलाका रुपमा बस्दै आएकी थिइन् । एकल जिवन बिताइरहेकी उनको अवस्था सामान्य बन्दै गइरहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया